• २०८१ चैत ६ बिहीबार

परेवाको लाश

डिल्लीराम शर्मा संग्रौला

डिल्लीराम शर्मा संग्रौला

मैंले देखेँ खुला आकाशमा
पखेटा फिजाउंदै
उडी रहेका परेवाहरूलाई
विघ्न बाधा रहित कसैको
हस्तक्षेप देखी टाढा कसैको
स्वतंत्रतापूर्वक क्षितिज पारिसम्म ।

मैले सोचे –
स्वर्गको अनुभूति भई रहेको होला अवश्य
खुला आकाशमा परेवाहरूलाई यो क्षण ।

अर्को दिन म पुगेँ त्यही
हेरेँ खुला आकाशलाई
चारै तिर दृष्टि घुमाउंदै
त्यति बेलै मेरै अगाडी
एउटा परेवा खस्यो छटपटाउँदै रक्तरंजित
बारूदका चोटबाट
मैले उसलाई हाथमा उठाउन खोजेँ
लडखडाऊँदै भयभीत हुदैँ
गर्न थाल्यो ऊ बाँच्ने असफल चेष्टा ।

काखमा लिएर मैले उसलाई सुमसुम्याएँ
तर आफ्नो मूक भाषामा ऊ भन्दै थियो-
‘दुष्ट किन सुमसुम्याऊछस् तँ मलाई ?
किन देखाउँछस् करुणा म माथी ?
तैले नै त भर्खर मलाई बारुदले झारेको होस्
तैले नै त मेरो अधिकार खोसेको होस्
नाम त भगवानले कति राम्रो राखे तेरो ‘मानव’
तर तँ प्रगतिका नाममा बन्दै छस् दानव ।
म भएँ अवाक्
त्यति बेलै अर्को बारुदको आवाज आयो
जब‘।
मेरो होस खुल्यो
तब म खून र ग्लूकोजका बोतलबाट
घेरिएको अस्पतालमा थिएँ ।


डिल्लीराम शर्मा संग्रौला