• २०८१ माघ २७ आइतबार

बसन्त बस्नेतको ‘सिमसारा’ उपन्यास लोकार्पण

पत्रकार तथा लेखक बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित उक कार्यक्रममा लेखक बस्नेतसँगै फिल्म निर्देशक मीन भाम, कवि अस्मिता गौतम, संगीतकर्मी उज्ज्वल सागरलगायतले उपन्यास लोकार्पण गरेका थिए । कार्यक्रमका निर्देशक भामले लेखक बस्नेतको लेखनीको प्रशंसा गर्दै साहित्यकार पारिजातको स्मरण गरे ।

उनले भने, ‘वास्तममा म पहिल्यैदेखि पारिजातको प्रेममा थिएँ । उनका उपन्यास एवं कथाहरूको पात्रको प्रेममा थिएँ। अहिले आएर बसन्तजीको यो उपन्यास सिमसराका पात्रहरूको प्रेममा परेँ’ ‘सिमसारा’ पढ्दा आफूलाई बाल्यकालमा पाएको भामले बताए । कार्यक्रममा लेखक बस्नेतले उपन्यासका पात्रहरूलाई भेट्दै गहिराइमा पुगेर लेखेको बताए । यसमा आफूले बाल्यकालमा देखेको र केही भोगेको कथालाई प्रस्तुत गरेको उनको भनाइ छ ।

कार्यक्रमको सुरूआत गायक तथा संगीतकार उज्ज्वल सागरको पियानो प्रस्तुतिबाट भएको थियो । सो क्रममा सागरले यो पुस्तक आफूलाई असाध्यै मन परेको बताए । कार्यक्रममा कवि अस्मिता गौतमले लेखक बस्नेतसँग अन्तरसंवाद गरेकी थिइन्न । उपन्यास सिमसारालाई फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसअघि ‘महाभारा’ लेखेका बस्नेतको ‘सिमसारा’ दोस्रो उपन्यास हो ।