कविता

काठमाडौं ।
पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादि, काठमाडौमा सम्पन्न कार्यक्रममा सभापतिको रूपमा सस्थाका अध्यक्ष विश्वमोहन श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथि सहरी विकास मन्त्री माननीय सीता गरुङ रहेकी थिइन ।
लोकार्पणपछि कार्यक्रममा बोल्दै मन्त्री गुरुङले साहित्यिक कृति लेख्न जति गार्हो छ त्यो भन्दा धेरै गाह्रो विषय अनुसन्धानात्मक कृति निकाल्न रहेको बताइन् । सबैले जसले जे जानेको छ आआफ्नो ठाउँबाट लागिपरेमा तेह्रथुमको विकासमा ठूलो परिवर्तन आउने पनि बताइन । मन्त्री गुरुङले केशु विरहीको यस कृतिले तेह्रथुमलाई विश्वभर चिनाउनमा ठूलो सहयोग रहने छ र यो ऐतिहासिक कृतिले अझ ठूलो इतिहास बनाउने बताईन ।
त्यसैगरी कार्यक्रममा प्रध्यापक डा.खगेन्द्रप्रसाद लुइटेलले यस किताबमा तेह्रथुमको साहित्यिक इतिहनसको फेहरिस्ता भएको बताए । इतिहास लेखन कहिल्यै पनि पूर्ण नहुने बताउदै छुठेका कुरालाई थप्दै जानू पर्ने बताए । उनले यस कृतिमा देखिएका कमीकमजोरीलाई औल्याऊँन पनि आग्रह गरे ।