समाचार

काठमाडौं,
कवि उदय निरौलाको कवितासंग्रह सुदुर गाउँबस्तीहरू’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रमको अध्यक्षता अग्रज पत्रकार, साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालले गर्नुभएको थियो । प्रमुख अतिथि वरिष्ठ कवि डा. विष्णुविभु घिमिरेले गर्नु भएको थियो । पुरुषोत्तम दाहाल, डा. विष्णुविभु घिमिरे लेखक समालोचक डा. ज्ञानु पाण्डे, ध्रुब मधिकर्मी तथा रमेश पौडेलले कवितासंग्रहको लोकार्पण गर्नु भएको थियो ।
कृतिको सुन्दर समीक्षा प्रा. डा. ज्ञानु पाण्डे र प्रसिद्ध साहित्यकार ध्रुव मधिकर्मीले गर्नु भएको थियो भने स्वागत मन्तव्य रमेश पौडेलले र उद्घोषण हेमप्रभासले गर्नुभएको थियो । यो कवितासंग्रह साहित्यकार रमेश पौडेलको प्रकाशन संस्था आवरणले प्रकाशन गरेको हो ।