कविता-हिन्दी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ । साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीेले गरेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर तथा नेपाल बाल साहित्य समाजको संयुक्त आयोजनामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि अनेसास बिओटीका पूर्व सल्लाहकार तथा त्रिवि नेपाली विभाग प्रमुख प्रा.डा. खगेन्द्र लुइटेलको उपस्थिति थियो भने विशेष अतिथिहरुमा साहित्यकार खेमनाथ दाहाल, अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, अनेसास केन्द्रका उपाध्यक्ष डा. रेणुका सोलु, फणिन्द्र निरौला, अनेसास नेपाल च्याप्टरका सल्लाहकार तथा गुञ्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक थिए ।
त्यसैगरी विशेष वक्ताको रुपमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान र डा. र बुनु दाहाल थिए भने अतिथिहरुमा अनेसास दर्पणका कार्यकारी सम्पादक तथा लोकार्पित कृतिका सम्पादक रमेश दाहाल, मिलाप पब्लिकोशनका अध्यक्ष कृष्ण भुसाल, संचारकर्मी मोहराज शर्मा, लेखक तथा द्वन्द्व विश्लेषक केशव चौलागाई, स्रष्टा विमला निरौलाकी माता तथा सुरेश भट्ट आदि थिए ।