रमेश विकल साहित्य प्रतिष्ठानले विकलको पुख्र्यौली थलो आरुबारी, काठमाडौंमा आयोजना गरेको पन्ध्रौं रमेश विकल स्मृति दिवस तथा पुरस्कार समर्पण समारोहुमा पचास हजार राशिको रमेश विकल वाङ्मय पुरस्कार (२०८०) बाट प्रा. वासुदेव त्रिपाठी पुरस्कृत हुनुभयो । उक्त अवसरमा रमेश विकल बाल साहित्य पुरस्कार (२०८०) बाट बाल साहित्यकार रामबाबु सुवेदी, रमेश विकल सिर्जना पुरस्कार (२०८०) बाट स्रष्टा माधव काफ्ले र रमेश विकल कला सङ्गीत पुरस्कार (२०८०) बाट चलचित्रकर्मी सुवासप्रसाद गजुरेल पनि पुरस्कृत हुनुभएको थियो । यी पुरस्कारहरू दश हजार राशिका रहेका छन् ।
यसैगरी उक्त समारोहमा बीस हजार राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार (२०८०) बाट नेपालको जेठो लोक कल्याणकारी सामाजिक संस्था परोपकार संस्थाुलाई पुरस्कृत गरिएको थियो भने रमेश विकल सङ्घर्षशील नारी पुरस्कार (२०८०) बाट सत्यदेवी खड्का पुरस्कृत हुनुभएको थियो । यो पुरस्कार पनि नगद रु।दश हजार राशिको रहेको छ । प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष के. के. कर्माचार्य, सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा लगायतले स्रष्टा तथा संस्थाहरूलाई पुरस्कृत गर्नुभएको थियो ।
सोही अवसरमा प्रतिष्ठानको वृद्धि विकासमा स्थापनाकालदेखि नै योगदान दिंदै आउनुभएका संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्व मन्त्री रामेश्वर फुयाल र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल पनि सम्मानित हुनुभएको थियो ।