• २०८१ चैत ६ बिहीबार

पुरूषोत्तम आचार्यको पुस्तक विमोचन र युद्धप्रसाद मिश्र साहित्य सम्मान समर्पण

मकवानपुर ।

पुरूषोत्तम आचार्यकृत पाँचौं कृति ‘जुनेली’ खण्डकाव्यको गृह विमोचन गरिएको छ ।

शनिबार सोलिड्यारिटी इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलमा आयोजित एक कार्यक्रमबीच कृति विमोचन तथा हास्यव्यङ्ग्यकार आरसी रिजालद्वारा स्थापित २२ हजार २ सय २२ रूपैयाँ राशिको युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान २०८० बाट उहाँलाई सम्मान गरिएको हो ।

साहित्य सर्जक नवराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षतामा आयोजना गरिएको थियो ।