• २०८२ आश्विन २२, बुधबार

कुलपति राई अमेरिकामा सम्मानित

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई मैत्रीपूर्ण सांस्कृतिक भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको थियो । यसै क्रममा कुलपति राईलाई किरात राई सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा भव्य रूपमा स्वागत तथा सम्मानको आयोजना गरेको थियोे ।

यस कार्यक्रमलाई संवोधन गर्दै पहिलोपटक अमेरिका न्युयोर्क पुगेका कुलपति राईले जहाँ भएपनि नेपाली जातिले पहिचानयुक्त संस्कृतिलाई जोगाउँदै आफ्नो अस्तित्वलाई स्थापित गर्न सक्नुपर्छ ।त्यसले मात्रै नेपाली हुनुमा गर्व गर्न सकिने कुरा बताउँदै एक नम्बर प्रदेशको नाम कोसी नभई किरात प्रदेश हुनुपर्ने धारणा राख्नुभएको थियो ।

यसै क्रममा किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष खगेन्द्र राईले अमेरिकामा बसोबास गर्दै आएका राई जातिहरू आफ्नो पहिचानको संरक्षणका लागि एकजुट हुनुपर्ने बताउनु भएको थियो ।यसैगरी पत्रकार लोकमणि राई लगायतका व्यक्तिहरू कार्यक्रममा सक्रिय रहनुभएको थियो ।