कविता–हिन्दी
झापा ।
झापा चन्द्रगढीका पूर्वशिक्षक गणेशप्रसाद नेपालले ८० वर्षको उमेरमा ‘समयका कविता’ छन्दोबद्ध कविता कृति सार्वजनिक गरेका छन् । वर्तमान साहित्य प्रतिष्ठान, चन्द्रगढीले आयोजना गरेको कार्यक्रममा ‘पूर्वका मोतीराम’ भनेर चिनिने झर्रोवादी साहित्यकार चूडामणि रेग्मी, प्राज्ञ मुनाराज शेर्मा, साहित्यकारहरू पुण्यप्रसाद खरेल, तारा विविध, होम सुवेदी, डिल्लीरमण नेपाललगायतले सोमबार कृति लोकार्पण गरेका हुन् ।
कवि नेपालको यो तेश्रो कृति हो । उनका यसअघि परदेशको व्याथा (काव्यकृति,२०७२) र बाँच्नुको एउटा जीवन (आत्मकथा २०७७) प्रकाशित छन् । नेपालले करिब चार दशक भन्दा बढी समय भोजपुर र झापाका विभिन्न विद्यालयमा अध्यापनमा बिताएका छन् ।
लोकार्पित कृतिमाथि कवि लता खरेल तथा समीक्षक तारा विविधले चर्चा गर्दै कृतिकारले लोप हुन लागेको छन्द कवितालाई पुर्नजीवित गर्ने काम गरेको जनाए । वर्तमान साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. रत्नमणि नेपालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
