• २०८१ चैत ७ शुक्रबार

प्रशंसाको भोक

कात्यायन

कात्यायन

थाहा छ ? भोक पनि अनेकप्रकारले प्रकट हुने रहेछ नि ? जलवीरेले बलवीरेसङ्ग झ्वाट्ट भन्यो ।
बलवीरेले भन्यो, आफूलाई त पेटको भोक मात्र थाहा छ । दुईछाक खान लाउन पाए पुग्यो ।
तँ गुईँठेलाई त्यही खाने मात्र त ध्याउन्ना छ नि !
तैँले मात्र अरु के लछारपाटो लाएको छ र ?
पढेलेखेको भन्नु मात्र हो तैँले ! यसो कहिलेकाहीँ यताउता पनि पढ्नु नि ,
भन्न त के पढ्नु पर्यो ? या केही सोध्नु छ भने, सोधिहाल् ।
जलवीरेले, आफू अनभिज्ञ रहे झैँ गरेर,बलवीरेसङ्ग जिज्ञासा राख्यो आजभोलि कसैले केही लेखेकी, आफ्नो कमेन्ट बक्समा गएर आफैँले, @everyone भनेर किन लेख्ने गरिएको होला ?
हाँस्दै बलवीरेले लोप्वा ख्वायो जलवीरेलाई, बुध्दु ! त्यति नि नबुझ्ने ! आत्म प्रशंसाको भोक नि !


कात्यायन
चाबहिल, काठमाडौ