• २०८२ बैशाख ७ आइतबार

विप्लव प्रतीकद्वारा अनूदित ‘यौटा सपनाको अवसान’ लोकार्पण

अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ वी रिडले सार्वजनिक गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीक, निर्देशक अनुप बराल र गोविन्द पराजुली, साउन्ड र प्रोडक्सन डिजाइन देव न्यौपाने, नाटककै कलाकारहरु दिया मास्के, विकास जोशी, सुरज मल्ल, अभिषेक खड्का र अविरल प्रताप अधिकारीले नाटकको पुस्तक विमोचन गरेका हुन् ।

नाटक ‘यौटा सपनाको अवसान’ ०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएका थियो । मण्डलमा ३३ दिनसम्म चलेको नाटकको ३६ वटा शो मञ्चन गरिएको वि रिडले जनाएको छ ।