कि
आफ्नै भागमा सन्तुष्ट हुनुपर्थ्यो
तर
मध्य रेखा नकाटी बस्नै सकेनौ ।
कि
प्रकृतिलाई नछोई फर्कनु पर्थ्यो
तर
छुँदा छुँदा यति धेरैलाई छुन अल्झ्यौ
फर्किनुपर्छ सम्झनै सकेनौ ।
अब
तम्सी सकेपछि खेल्न
खेल
ओ ! मान्छेहरू, खेल ।
म यत्ति सम्झाउन आएको
कबड्डीमा सास फेरे मरिन्छ ।
✍ परिविक्रम
[email protected]