• २०८१ फागुन ६ मङ्गलबार

नेपाल प्रज्ञा-प्रतिष्ठानले सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान भन्ने मूल नाराका साथ पुस्तक प्रदर्शनी आयोजना

नेपाल प्रज्ञा- प्रतिष्ठानले सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा- प्रतिष्ठान भन्ने मूल नाराका साथ विजयादशमी (२०८०को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको भएको छ । आमरूपमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो । यस अवसरमा उहाँले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्वेश्यले पुस्तक प्रदर्शनी गरिएको हो । प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पुरयाउने लक्ष्य राखेको बताउनु   भयो ।

यस प्रदर्शनीमा भाषा,साहित्य,संस्कृति, दर्शन, इतिहास, सामाजिक शास्त्र, कला र विज्ञानलगायतका पुस्तकहरू राखिएका छन् । प्रदर्शनीमा शब्दकोश बाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा विक्री गर्ने व्यवस्था गरिएको नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रेस सल्लाहकार तथा प्राज्ञ चेतनाथ धमलाले जानकारी दिए ।