• २०८२ जेठ १ बुधबार

हेम-सुनील पत्रकारिता पुरस्कारु केसी र सिलवाललाई

काठमाडौँ ।

हेम-सुनील जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार यस वर्ष महेश केसी र शिव सिलवाललाई संयुक्तरूपमा प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा रहेको नेपाल टेलिभिजनमा आयोजित विशेष कार्यक्रममा कान्तिपुर दैनिकका रुकुम संवाददाता केसी र नेपाल टेलिभिजन धादिङ संवाददाता सिलवाललाई पुरस्कार प्रदान गरिन् ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको पुरस्कार राशि एक लाख रुपैयाँ छ ।