• २०८१ फागुन ६ मङ्गलबार

भैरव पुरस्कारको घोषणा

प्रसिद्ध हास्यब्यङ्गयकार भैरव अर्यालको नाममा स्थापित १ लाख ११ हजार १११ रुपैयाँ राशीको विसं २०८० को भैरव पुरस्कार हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने घोषणा गरिएको छ ।

त्यसैगरी १ लाख १ हजार १११ रुपैयाँ राशिकै भैरव वाङ्मय पुरस्कार प्राडा अभि सुवेदीलाई प्रदान गरिने भएको छ । ५१ हजार १११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिने छ ।उक्त कुरा भैरव पुरस्कार गुठीले जनाएको छ ।