समाचार

काठमाडौं ।
कथाकार विजय चालिसेको ‘विजय चालिसेका छानिएका कथाहरू’ प्रकाशित भएको छ । समालोचक तथा कवि पुरुषोत्तम सुवेदीद्वारा संकलित एवं सम्पादित २५५ पृष्ठको कथाकृतिमा चालिसेका प्रकाशित अप्रकाशित कथाहरू संकलित छन् ।
कृति सम्पादक सुवेदीका अनुसार चालिसेका कथामा देखपर्ने भाषिक सरलता, शैलीगत निजात्मकता र अभिव्यक्ति कौशलले कथालाई पठनीय बनाएको छ । समालोचक प्रा. डा. दयाराम श्रेष्ठले चालिसेले कथाशील्पको उत्कृष्ट प्रयोग गरेको बताएका छन् ।