• २०८२ माघ ११, आईतवार

गीत

डम्बर बिकेल

डम्बर बिकेल

जसले तिमीसँग अरुको कुरा काट्छ
उसले अरुसँग तिम्रो नि कुरा काट्छ !

चिल्लो लगाउँदै मीठा मीठा कुरा गर्ने
कामले होइन सधैँ गफले पूरा गर्ने
जसले तिमीसँग अरुको नाक काट्छ
उसले अरुसँग तिम्रो नि नाक काट्छ !!

चाटूँ चाटूँ गर्ने सधैँ महझैँ कुरा
मुखमा रामराम बगलीमा छुरा
जसले तिमीसँग अरुको शीर काट्छ
उसले अरुसँग तिम्रो नि शीर काट्छ !!!


डम्बर बिकेल