२०८० भाद्र काठमाडौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन हिजो सम्पन्न भयो । सो अधिवेशनको उद्घाटन–सत्रमा “राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार” नगद २१,०००/- सहित वरिष्ठ सर्जक यादव खरेल र मररोपरान्त प्रेमध्वज प्रधानलाई प्रदान गरिएको थियो । प्रेमध्वज प्रधानलाई प्रदान गरिएको पुरस्कार प्रधानका भान्जी एलिसा मास्केलाई हस्तान्तरण गरिएको थियो । यसैगरी वरिष्ठ कलाकार तथा स्रष्टा मदनदास श्रेष्ठलाई “अनेसास विशिष्ट सम्मान” प्रदान गरिएको थियो गरिएको थियो ।
यसैगरी अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्ष गीता खत्री, अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइलालाई पनि सम्मानपत्रसहित सम्मानित गरिएको थियो । यसैगरी राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारका संस्थापक वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा “शीला”, सम्पादक रमेश दाहाल, ठाडो भाका लोककला प्रतिष्ठान, नेपाल संस्कृति विश्वविद्यालय, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिका, गोरखालाई कदरपत्र प्रदान गरिएको थियो ।
यसैगरी “अनेसास भानु विशेष सम्मान”बाट भानु प्रतिष्ठानलाई र “भानु सम्मानबाट कविहरु क्रमशः डा. देवी नेपाल, प्रभा आचार्य, बलराम दाहाल र सरु बस्नेत सम्मानित हुनु भएको थियो । यसैगरी अनेसास नेपाल च्याप्टरले कोभिडको कारण विश्व नै लकडाउनको अवस्थामा रहेको समयमा लकडाउन संस्मरण प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा प्रथम हुने बाबुराम न्यौपानेलाई नगद रु. ३०,०००, द्वितीय हुने पवित्रा अधिकारीलाई नगद रु. २०,०००, र तृतीय हुने सम्झना निरौलालाई नगद रु. १०,००० सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
अधिवेशनमा प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठी, वरिष्ठ गीतकार यादव खरेल, पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, सल्लाहकार प्रतीक ढकाल, केन्द्रीय उपाध्यक्ष डा. रेणुका सोलु, अध्यक्ष सन्ध्या पहाडीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष गोवर्धन पूजा र बिओटी अध्यक्ष पदम विश्वकर्माको शुभकामना पनि वाचन गरिएको थियो ।
सन्ध्या पहाडीको सभापतित्व सम्पन्न सो अधिवेशनको प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी रहनु भएको थियो । कार्यक्रमको संचालन महासचिव ऋषभदेव घिमिरेले गर्नु भएको सो अधिवेशनमा उपाध्यक्ष राजेन्द केसीले स्वागत गर्नुभएको थियो ।