नेपाली भाषामा लेखिएका कविताहरूको संग्रह “बृहत् कवितासङ्ग्रह सार्वजनिक गरिएको छ। मातृभाषा संरक्षण समूह अमेरिकाले उक्त संग्रह प्रकाशन गरेको हो । भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रम उक्त कवितासङ्ग्रहको लोकार्पण गरिएको हो ।
सङ्ग्रहमा विश्वभर छरिएर रहेका मूल नेपाली भाषामा लेख्ने ७६ कविका कविताहरू समावेश गरिएका छन् । उक्त सङ्ग्रह छन्दकविता र गद्य कविता गरी दुई खण्डमा सङ्कलित छ । कृतिको सम्पादन वासुदेव कोइरालाले गरेका हुन् ।