कविता

यहाँ बाँच्छन् कैयौँ जुनी
सही गर्नेहरू ?
अहँ कदापि हैन !
यहाँ बाँच्छन् तिनीहरू
जसले सही गर्नेलाई
गलत गर्न लगाउँछन्,
यहाँ हाँस्छन् तिनीहरू
जसले झुटको आडम्बरमा
झुटलाई नै सत्य बनाउँछन् ,
न धर्म मान्छन्
न जात मान्छन्
न मान्छे मान्छन्
न भगवान् मान्छन्
केवल रङ मान्छन्
केबल रङ पुज्छन्
पैसाको लोभको रङ
घमण्डको उपहासको रङ
दुराचारको त्यो डरलाग्दो रङ
केश बेच्छन्
देश बेच्छन्
आँसु अनि पसिनामा राज गर्छन् ।
लोक जोशी