• २०८१ मंसिर १७ सोमबार

भ्रष्टाचारविरूद्ध कविता आव्हान; उत्कृष्ट कवितालाई एक लाख

हेम-सरिता पाठक फाउन्डेसनले भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका लागि कविता आव्हान गरेको छ । फाउन्डेसनले ‘भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०७९’का लागि कविता आव्हान गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै ‘हेम सरिता पाठक फाउन्डेसन’का अध्यक्ष राधेश्याम लेकालीले विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गर्ने जानकारी गराएका छन् । जानकारीअनुसार कविताको विषय-सन्दर्भ भ्रष्टाचार विरूद्ध चेतना जगाउने किसिमको हुनुपर्नेछ ।

प्रतियोगितामा भाग लिन रचना पठाउने नियम यसप्रकार छन् :
१. कविता इमेलमार्फत् पठाउनु पर्नेछ । (इमेलः [email protected])
२. कविता टाइप गरेको हुनुपर्नेछ । कविता कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्नेछ ।
३. कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्नेछ।
४. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वत: अस्वीकृत हुनेछन् ।
५. एक जना कविले एउटा मात्र कविता पठाउन सक्नेछ । एकभन्दा बढी आएमा कविता स्वतः बदर हुनेछन् ।
६. कविता नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ ।
७. प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिनेछ ।
८. प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।
९. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।
१०. कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० साउन मसान्तसम्म हुनेछ ।
११. पुरस्कार: नगद १,००,०००/- एक लाख (प्रमाणपत्रसहित) हुनेछ ।
१२. पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ । उत्कृष्ट सूचीमा परेका कविताहरुको सम्बन्धित कविहरूले आआफ्नो स्वरमा भिडियो रेकर्ड तोकिएको समयमा पठाउनुपर्नेछ ।
१३. यस प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको सङ्ग्रह प्रकाशित गरिनेछ ।

पुनश्च : प्रतियोगी कविले आफ्नो यसअघि भ्रष्टाचार विरुद्धको लेखिएको कविताको पनि जानकारी गराउनुपर्ने छ ।

सम्पर्क :
Email : [email protected]
Phone No : 9851059354