• २०८१ माघ ९ बुधबार

युवराज नयाँघरेलाई दीपा जनमत सम्मान

काभ्रे, २०८० जेठ ७ ।

जनमत वाङ्मय प्रतिष्ठान, बनेपाले एक विशेष साहित्यिक समारोहको आयोजना गरी सम्मान अर्पण गरेको छ । जनमत मासिकको विशेष कार्यकक्षमा चर्चित निबन्धकार–नियात्राकार युवराज नयाँघरे सम्मानित भएका छन् । निबन्धकार नयाँघरेलाई प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले दीपा जनमत सम्मान प्रदान गरेका थिए । नगदराशि, सम्मानपत्र, दोसल्ला, जनमत पदकसहित प्रतिष्ठानबाट प्रकाशित मानक ग्रन्थहरु उपहारका रुपमा प्रदान गरिएको थियो ।

समारोहमा सम्मान अर्पण गर्दै प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले निबन्धकार नयाँघरेको सिर्जनशील साहित्यिक गति र योगदानबारे चर्चा गरेका थिए । उनले भने– ओझेल परेको निबन्ध विधालाई विशेष उचाइ दिनमा नयाँघरेको उल्लेखनीय योगदान छ । समारोहमा प्रतिष्ठानका सदस्यहरु भारती श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, रामसुन्दर देउजा, सोमकाजी शाक्य, श्रीकृष्ण श्रेष्ठ लगायतले नेपाली साहित्य, सम्मानित श्रष्टाबारे आफ्नो मन्तव्य राखेका थिए ।

सम्मानित लेखक नयाँघरेले ञनयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गरेर जनमत वाङ्मय प्रतिष्ठानले सराहनीय काम गरेकोझ धारणा राखेका थिए । उनले भने– ञगुटभन्दा माथि उठेर यो प्रतिष्ठानले ज्यादै रचनात्मक कार्यलाई आफ्नो लक्ष्य राखेको छ, यसले नेपाली साहित्यको गुणात्मक पक्षलाई सघाउ पुग्नेको छ । दीपा जनमत सम्मान यस अघि निकै विशिष्ट साधकहरुले प्राप्त गरिसकेका छन् । मदन पुरस्कारबाट समेत पुरस्कृत नयाँघरे अन्य धेरै सम्मान र पुरस्कारबाट समेत सम्मानित भैसकेका छन् ।