On the turning of life
साढे दुई दशक अगाडि स्थापना भएको गुञ्जनले २०७९ सालका विभिन्न पुरस्कार र सम्मान घोषणा गरेको छ ।
संस्थाले “गुञ्जन प्रतिभा पुरस्कार” कवि गीता कार्कीलाई, “गुञ्जन त्रिवेणी आख्यान पुरस्कार” वरिष्ठ कथाकार भुवन ढुंगानालाई, “गुञ्जन मातृभाषा सम्मान” राधिका लिम्बूलाई, “गुञ्जन साहित्य पुरस्कार” कवि विश्वविमोहन श्रेष्ठलाई, “गुञ्जन जेष्ठ नागरिक सम्मान” कथाकार रेवती राजभण्डारीलाई र “गुञ्जन रजत जयन्ती सम्मान” कवि लक्ष्मी राजभण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सो निर्णय गुञ्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।
