• २०८१ माघ २७ आइतबार

नूर–गङ्गा प्रतिभा पुरस्कार प्रदान

काठमाडौँ ।

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले यस वर्षको पुरस्कार सर्जकहरूलाई समर्पण गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमाले ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार- २०७८’ साहित्यकारहरू डा. गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौँ) लाई संयुक्त रूपमा प्रदान गर्नुभयो । जनही ५० हजार नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यसै गरी ‘नूर–गङ्गा क्षेत्रीय लोकगायन प्रतिभा पुरस्कार–२०७८’ पाल्पाका लोकगायक पुष्कल शर्मालाई ३० हजार नगद राशिसहित प्रदान गरियो । त्यस्तै ‘नूर–गङ्गा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार–२०७८’ २५ हजार नगद राशिसहित रामेछापका रामकुमार नेपालीलाई प्रदान गरियो । सोही अवसरमा ‘नूर–गङ्गा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार–२०७८’ नगदराशि २० हजारसहित नवलपरासीकी आयुष्मा तिवारीलाई प्रदान गरिएको थियो । उक्त समारोहमा गुठीमा सक्रिय पूर्वसदस्यहरू बाबुहरि ज्ञवाली, प्राडा तुलसीप्रसाद पाठक, प्राडा विनोदकुमार श्रेष्ठ तथा यज्ञप्रसाद शर्मा पोखरेललाई पनि सम्मान गरिएको थियो ।