समाचार

काठमाडौँ ।
नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ प्राध्यापक घनश्याम कँडेललाई प्रदान गर्ने भएको छ । पुरस्कार असार २९ गते ११०औँ भानु जयन्ती समारोहमा समर्पण गरिने छ । पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ । त्यस्तै बैठकले यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ शैलेन्दुप्रकाश नेपाललाई प्रदान गर्दैछ भने पुरस्कार साउन ३२ गते परिषद्को ७३औँ वार्षिकोत्सव समारोहमा समर्पण गरिने छ । पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो ।