ग्वाटेमालाको कविता

काठमाडौँ ।
नेपाली लेखकहरू अङ्कितबाबु अधिकारी र प्रदीप बस्यालको पुस्तक ‘शेर्पाः स्टोरिज अफ लाइफ एन्ड डेथ फ्रम द फ्रगटन गार्डियन अफ एभरेस्ट’ इटालियन भाषामा प्रकाशित भएको छ । सगरमाथाको सेरोफेरोमा रहेर शेर्पाहरूको साहस, सङ्घर्ष, त्याग र सफलता समेटिएको उक्त गैरआख्यानलाई मिलानस्थित कोर्बासो प्रकाशन गृहले बजारमा ल्याएको हो ।
गत वर्ष साउनमा बेलायतको ह्याचेट प्रकाशन समूहअन्तर्गतको अक्टोपस प्रकाशनले मूल अङ्ग्रेजी भाषामा लेखिएको उक्त पुस्तकलाई बजारमा ल्याएको थियो । प्रकाशनले ‘शेर्पा’ लाई विश्वमण्डलका झन्डै ६ दर्जन देश तथा भूभागमा प्रकाशन तथा वितरणको लागि सम्झौता गरेको थियो ।