स्याङ्जा, बालनरसिंह–सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारद्वारा प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका चार साहित्यकार सम्मानित हुनुभएको छ । गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति प्राज्ञ सरुभक्तले उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको छ । सम्मानित हुनेमा आँधीखोला गाउपालिका हाल भरतपुर निवासी डा. एकनारायण पौडेल, अर्जुनचौपारी गाउपालिका, हाल भरतपुर निवासी डा. कृष्णप्रसाद सापकोटा, पुतलीबजार नगरपालिका १४ निवासी चिन्तु गिरी र पुतलीबजार नगरपालिका– १ हाल काठमाडौँं निवासी डा. रजनी ढकाललाई प्रदान गरिएको हो ।
सम्मान सहित पुरस्कार प्रदान गर्दे प्राज्ञ श्रेष्ठले साहित्यमार्फत् सामाजिक विकास र समृद्धिमा जुट्नुपर्ने बताउदै नवउदयीवान युवालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो उहाँहरुलाई बा.सु. स्मृति साहित्य पुरस्कार क्रमशः २०७६, २०७८, २०७९ र २०८० सालको समेतगरी प्रदान गरिएको हो । जनही १५ हजार ५ रुपैंयासहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, ग्याग्दीखोला प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल, सम्मानित ब्यक्ति एवं साहित्यकार डा. एकनारायण पौडेल, डा. कृष्णप्रसाद सापकोटा, चिन्तु गिरी र डा. रजनी ढकाल, डा.डिलबहादुर क्षेत्री, लेखक एवं राजनीतिज्ञ कुमार राना, यानकी पुस्स्कारका संस्थापक तुलसी गिरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठलगायतले साहित्य र समाजका बारेमा आद्दआफना धारणा ब्यक्त गर्नुभएको थियो ।
स्याङ्जाका साहित्यकारहरु मिलन समिर, शम्भु अर्याल, अथिर भुसाल, लक्ष्मी काफ्ले, लेखनाथ काफ्ले, कमला अधिकारी, सुनीता पौडेल, विक्रम सम्बत्लगायतका दर्जन भन्दा बढीले आ–आफना साहित्यिक रचना वाचन गर्नुभएको थियो । गुठीका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा उपाध्यक्ष पुष्पकुमार अधिकारीले स्वागत एवं सचिव रविन केसीले कार्यक्र सञ्चालन गर्नुभएको थियो ।
साविक बानेथोक देउराली गाविस हाल भीरकोट नगरपालिकाका स्व. तोरणध्वज अधिकारीले आफ्ना बाबाआमाको स्मृतिमा परिवार तथा भाइबन्धुहरुको सहयोगमा वि.स. २०५२ सालमा सो गुठीको स्थापना गर्नुभएको हो । नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा सहयोग पुरयाउने उदेश्यले एक लाखको अक्षयकोष स्थापना गरिएको थियो । स्थापनादेखि आजसम्म १४ जना स्याङ्जाका साहित्यकार र एक जना संस्था पुरस्कृत भएको बताइएको छ ।