• २०८१ माघ २७ आइतबार

क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’कवितासंग्रह सार्वजनिक

काठमाडौँ, कवि तथा गीतकार रमेश क्षितिजको कवितासंग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक गरिएको छ । ५३ वटा जीवनपरक दार्शनिक कविता संगृहीत उक्त संग्रह करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सिर्जना गरेका हुन् । कवितासंग्रह ‘पर्वत पर्वतमा बटुवा घाम ५ खण्डमा विभाजित छ ।
२०५६ सालमा ‘अर्को साँझ पर्खेर साँझमा’ र २०६६मा ‘घर फर्किरहेको मानिस’ कवितासंग्रहबाट नेपाली साहित्य जगतमा पहिचान बनाएका कवि क्षितिजको ‘आफैं आफ्नो साथी भएँ’ गीतसंग्रहका साथै दर्जनौं गीतहरू लोकप्रिय छन् । कवितासंग्रह ‘पर्वत पर्वतमा बटुवा घामको हार्ड कभर संस्करणको मूल्य ४५५ रुपैयाँ रहेको छ ।