• २०८१ फागुन ६ मङ्गलबार

विवेक ओझाको ‘ऐँठन’उपन्यास लोकार्पण

काठमाडौं ।

विवेक ओझा पाँच वर्षपछि नयाँ उपन्यास ‘ऐँठन’ लिएर आएका छन् । चर्चित उपन्यास ‘ऐलानी’ का लेखक ओझाले नयाँ उपन्यास ‘ऐँठन’ ५ वर्षपछि सार्वजनिक गरेका हुन् । द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेणु चन्दले लेखक ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक गरेका हुन् ।

पुस्तकले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्ता माझ चिनाउने गरि लेखक ओझाले सजिव चित्रण गरेको कार्यक्रममा सुमन अधिकारीले बताएका थिए । राज्यले द्वन्द्वपीडितका भावनालाई राज्यले सम्बोधन नगरेका अवश्थामा यस पुस्तकले समेत घच्घच्याउने आशा राखेको उनले बताए !

राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले पुस्तकमा केही दशक अघिको नेपालीले भोगेको द्वन्द्वको अकल्पनीय वर्णनले पाठकलाई बाँधेर राख्ने ताकत भएको बताए । माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने खालको साथ घटनाक्रमको सिलसिला मिलेको हुँदा पढ्न सहज भएको बताइन् । उनले लेखकको भाषाको सरलता र आञ्चलिक भाषा समेतको प्रयोग गर्ने कलाले आफूलाई प्रभावित बनाएको बताइन् ।