• २०८१ माघ २७ आइतबार

ऊ त्यो पहाड

कैलास कुमार पाण्डेय

कैलास कुमार पाण्डेय

ऊ त्यो पहाड…..
उहिले देखि अहिले सम्म
पहाड नै छ
पहाडलाई पहाड हुनुको
आफ्नै पीडा होला
जिउभरी भुत्लायुक्त जङ्गल
खोल्सा, भन्ज्याङ, पाखा, पखेरा
शदियौँदेखि पाली बसेको छ
धेरै रहर बाढीले बगायो
धेरै ईच्छा पहिरोमा पुरिए
असंख्य सपनाहरू शीत तुसारोले
कुडिएका छन्
वसन्तमा बैँस छ्चल्किन्छ
शारदीय कान्ति चुमेको छ
एकनास छैन
छ्न त छ पहाड छ
पहाड हुनुको आफ्नै खुसीपनि छ
पारिलो घामले लोभ्याउँछ
समयले उकालो काट्छ
समयले नै ओरालो झार्छ
समयलाई रोक्न खोज्यो सकेन
पहाड उकालो ओरालो रह्यो
पहाड पहाड नै रह्यो
आकास कैलै पनि खसेको छैन
पहाड ढ्लेको छैन
घाम पानीहुरि बतास
कैले काहीँ डढेलो

नित्य छन पहाडका लागि
पहाड पहाडहो
कहिले चुनौती, समस्याको पहाड
कहिले संभावनाको खानी
सफलताको शिखर हो
उन्नतिको मूलहो पहाड
पहाडको हिमालसंग साईनो छ
तराईसित सु–सम्बन्ध छ
पहाडको पनि पहाड हुन्छ
तराईको पनि पहाड हो त्यो
ऊ त्यो पहाड !


कैलास कुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा