• २०८१ फागुन १ बिहीबार

छ वटा बाछिटा कृति सार्वजनिक

काठमाडौँ, फागुन ।

एकै पटक छ जना साहित्यकारले लेख्नुभएको छ वटा बाछिटा कृति (अस्तित्व, अखण्ड, अनन्त, अक्षुण्ण, अस्मिता र अजस्र) सार्वजनिक भएको छ । कौशिकी साहित्य प्रतिष्ठानले शुक्रबार आयोजना गरेको बाछिटा कृति विमोचन तथा प्रतिभा सम्मान कार्यक्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई तथा विभिन्न स्रष्टाले एकैसाथ सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रमलाई कुलपति राईले बाछिटा विधालाई प्रज्ञा–प्रतिष्ठानको सहयोग हुने बताउनु भएको थियो । बाछिटा प्रवर्तक अमर त्यागीले बाछिटा विधा सुरु भएको छोटो समयमा नै आशा गरेभन्दा बढी बाछिटाकारहरूको उदय भएको र सो विधा प्रतीकात्मक र विम्बात्मक हुनुपर्ने उहाँको भनाइ छ । कृतिमा नेपाली समाजको वर्गिकरण, उदार भावना, प्रकृति, राजनीतिक कुरा लगायत नारी शक्तिबारे प्रकाश पारिएको छ । बाछिटा कृति अस्तित्व कलानिधि दाहालले लेख्नुभएको हो भने अखण्डको लेखक खगेन्द्र बस्याल हो । यसैगरी ‘अनन्त’ कमला महत, ‘अक्षुण्ण’ भवानी पाण्डे, ‘अस्मिता’ सुधा बास्कोटा तथा‘अजस्र’ नानीमैया सुनुवारले लेख्नुभएको हो ।