संस्मरण

मलाई विश्वास छ
यही पृथ्वीको यही अक्षांशमा
यिनै उकाली र ओराली
चौतारीहरूमा
आयुले तोकेका
वर्ष, महिना र बारहरूमा
बढ्दै, छोड्दै र चढ्दै गएका
नयाँ सोपानहरूमा
पक्कै तिमी भेटिने छौ
नश्वरतामा मिल्नु पहिल्यै
तिमी भेटिएनौ भने
यौटा बिहान सखारै निस्कने छु
तिम्रो खोजीमा
गोलाद्र्धका छेउकुना पुगेर
समाउने छु तिम्रो हात
मनाउने छु मिलन
मलाई विश्वास छ !
मलाई विश्वास छ
जीवन प्रलयको एक दिनअघि भए पनि
हामी बस्ने छौँ त्यही डाँडाको चौतारीमा
र दोहोर्याएर पढने छौँ
तिम्रो मेरो प्रेमकहानी
जो समयको निधारमा लेखिएको छ
अमिटअमिट र कालजयी
विश्वास छ
हामी कसम पूरा गर्नेछौँ
र भेटनेछौँ यही अक्षांशमा
प्रलय आउनुभन्दा ठीक अघि
बिछोडिनुभन्दा ठीक पछि ।
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)