• २०८१ मंसिर २९ शनिवार

अनौठो भेट

बसन्त चौधरी

बसन्त चौधरी

यो अनौठो भेट
तिमीसग गोधूलीमा
मेरो अन्तस्करणको सौगात हो
तिम्रो हात समाएर बसेको
आत्मिय एक हात हो
दिनहरूलाई सम्झनामा उतार
नठान कहिल्यै यो रात हो ।

हाम्रो यो क्षण
समयको साक्षी हो,
मर्म हो जीवनको
एक सन्देश हो, प्रभात हो,
यसरी म जुन
तिमीलाई भेट्न आए
मेरो आत्मामा तिमी छौ
तिमीलाई बताउन पाए ।

के भनि सोध्छ्यौ भने,
सोधिहेर,
मुटुले बोलेको छ यो
हाम्रो यो भेट क्षणिक होइन,
जन्म जन्मको साथ हो
यही मान,
मायाको वृक्ष छ,
हाम्रो भेट्नु,
त्यसैको एक हरियो पात हो ।

साभार: मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)