• २०८० जेठ १७ बुधबार

यो प्रेमको संसार

बसन्त चौधरी

बसन्त चौधरी

टाढाबाट,
यति राम्री छ्यौ तिमी
कि अनजानै म तिमीतिर नजिकिन्छु
र अग्निछेउको मैनझैँ
शनैः शनैः म पग्लिन्छु !
यति पग्लिन्छु कि
रित्तिँदै हुन्छु म
तिमीमै एकाकार !

तर आकार
स्वयं नै अन्धकार रहेछ
कसरी अट्नु त्यसमा
प्रेमको संसार ?

मात्र त्यही लिन्छ
प्रेमले आकार
जहाँ छ निराकार
नितान्त निराकार !

साभार: बसन्त नेपाली काव्यसङग्रह


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)