• २०८१ चैत १२ बुधबार

हिड जाऊ अब

सगुन पोखरेल

सगुन पोखरेल

के म तिमिलाई माया गर्छु भनी राख्न जरूरी छ र ?
के जरूरी छ र
सधै सधै प्रतिश्ठित हुनलाई
आफ्नो कलर ठाडो पारी हिन्न ?

कति उभिनु
यो ढोंगको मेहफिलमा
खामा लगाई लगाई ?
जहाँ तपाई थाकेर बस्ना साथ
तपाईलाई अयोग्यताको सूचकांकमा राखिन्छ ।

ह्या
अब म थाकि सके
आजित भई सके यो व्यवस्थाबाट
अब अझै बैसाखी लगाई लगाई
म ढोगी उभाई उभिन चाहन्न ।।

बरु हिड
तिमी र म जाऊ
टाढाको कुनै गाऊँ तीर
उतै सानो छाप्रो बनाई
तिमी र म बसौला

तिमी त्यहाँका महिलाहरुलाई उद्धम सिकाउनु
म त्यहाँका बच्चाहरुलाई अक्षर सिकाउला
तिमी गाई दुहुनु
म खेतको बारिको काम गरुला
तिमी र म सँगै मिलेर माटो गोडौला
सँगै मिली डल्ला फोडौला ।।

तिमी साँझपख खाना बनाई
ढोकामा पर्खी मेरो बाटो कुरी बस्नु

म एक हातमा बालखा डोहोऱ्याउदै
अर्को हातमा फूलको थूँगा बोकी आउला
राती तिम्रो कपाल सुम्सुमाई
सँगै आकाशका नौलाखे तारा हेरौला
र यसरी नै आफ्नो क्ष् यिखभ थयग भनौला ।।

यस्तै यस्तै गरी
तिमी र म त्यहाँ गई बसौला
जहाँ, उभिदा थाकिने डर नहोस र
बस्दा प्रतिस्ठाको भय नहोस
जहाँ समाजमा सम्मानित देखिन
बैसाखी लाई लाई उभिनु नपरोस
जहाँ आफू रुदा ,
अरुको हासोको साधन नभईयोस
हो त्यस्तै ठाऊँ जान मन छ अब
किनकी अब यहाँ उभिदा उभिदा थाकि सके
यहाँ जिउँदा जिउँदा आजीत भई सके ।।


सगुन पोखरेल