दुई मुठी सास भएनी
उस्कै लागि साँच्नु हो माया
साथमा हुन् नसके नी
उस्कै यादमा बाँच्नु हो माया
लाखौंको भीडमा पनि
उसलाई छुट्याउनु हो माया
राम्रो हुन्छ भन्दा भन्दै फेरी
त्यही घाउ कोट्याउनु हो माया
कसैको एक मुस्कानले मात्रै
दिन बन्नु हो माया
म आफ्नो बनु न बनु
सधैं तिम्रै भन्नु हो माया
अन्तिम सास मा नी उस्कै
खुशी माग्नु हो माया
आफैं बाट छुटेर आफू
उसकै पछि लाग्नु हो माया
यसोदा चन्द