समाचार

‘कलिंग लिटरेरी फेस्टिभल भारतले ‘केएलफ बुक अवार्ड २०२२ को लागि विभिन्न श्रेणीहरूमा अवार्डहरु घोषणा गरेको छ । पुरस्कृत पुस्तकहरु हिन्दीभाषामा प्रकाशित साहित्यिक पुस्तक, अनुवाद पुस्तक, व्यापार पुस्तक, पर्यावरण पुस्तक, जीवनी र आत्मकथा, बाल पुस्तक, खेलकुद पुस्तक, लाइफस्टाइल र इमर्जिङ ट्रेन्ड यी सबै वर्गहरूमा प्रकाशित प्रकाशकहरूद्वारा पेश गरिएका पुस्तकहरूबाट चयन गरिएको हो । विजेतालाई फेबु्रवरीमा स्वस्ती प्रिमियम होटल, भुवनेश्वर, ओडिशा, भारतमा आयोजना हुने वार्षिक कलिंग लिटररी फेस्टिभलमा सम्मानित र पुरस्कृत गरिनेछ ।
महोत्सवमा पुरस्कृत लेखकहरू र तिनीहरूका पुस्तकहरू प्रदर्शन गरिनेछ । सञ्जीव सान्यालको पुस्तक (रिभोल्युशनरीजस द अदर स्टोरी अफहाउ इन्डिया वोन इट्स फ्रिडम, कैलाश सत्यार्र्थीको पुस्तक ‘तुम पहिले क्यु नआये, हिन्दोल सेनगुप्ताको ‘गायन, नृत्य र प्रार्थना’ श्रीला प्रबहुपाडा संस्थापक आचार्यको ‘प्रेरणादायक कथा’ रञ्जित होस्कोटेको ‘हंचप्रोज, प्रवीण कुमारको अमर देशवा, लगायत अन्य यस वर्ष केएलएफ बुक अवार्डमा छनोट भएका छन् ।
प्रतिष्ठित ‘केएलफ बुक अवार्ड २०२२ का लागि निर्णायक मण्डलबाट दुई नेपाली लेखकहरु चुनिएका छन् । साहित्यकार रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण,को लागिर लेखक सुमित शर्मा‘समीर’को पुस्तक ‘वेक अपअर्ली वेक अपनाउ’‘केएलफबुक अवार्ड २०२२ का लागि छनोट भएका हुन् । पुरस्कृत नेपाली साहित्यकार रञ्जना निरौला सम्पादक, समालोचक, नेपाली र अङ्ग्रेजी साहित्यमा कलम चलाउने कवि, प्यानलिस्ट, अनुसन्धानकर्ता, क्युरेटरे तथा वक्ता सहित रहेकी छिन् ।सुमित शर्मा ‘समीर’ लन्डन स्कूल अफ इकोनोमिक एन्ड पोलिटिकल साइन्स, बेलायत र क्वीन्स युनिभर्सिटी, क्यानडाका स्नातक हुन् । उनले लोयओला कलेज, चेन्नई, भारतबाट समाजशास्त्रमा स्नातक पूरा गरका लेखकको ‘वेक अपअर्ली वेक अपनाउ’ नेपाली भाषाबाट अनुवाद गरिएको उनको पहिलो कथाको कृति हो । हालउनी बेलायती राजदूतावास, काठमाडौं, नेपालमा, राजनीतिक सल्लाहकारको रूपमा काम गर्छन् ।
केएलफ बुक अवार्डले स्थापित र नयाँ लेखक दुवै विधाका साहित्यिक प्रतिभाहरूलाई पहिचान, मान्यता, प्रोत्साहन र सम्मानगर्ने अवसरहरू खोल्छ । यसको उद्देश्य भविष्यका साहित्यिक प्रतिमाहरूलाई आकार सम्मान र प्रोत्साहन दिनु हो । भुवनेश्वरमा केएलफको वार्षिक कार्यक्रम फेबु्रअरी २४, २५ र २६ २०२३मा हुने केएलफ पुस्तक पुरस्कारहरू अवार्ड निर्णायकहरूको सिफारिसका आधारमा चयन गरिएको हो ।