कविता

समयथुनिएको बुइगलको भत्किएको पाखामा
शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविकमलजस्तो
अँध्यारोको थुप्रोमापुरिएर आफैँ निसास्सिई
दसैँको जमराजस्तो उज्यालो विमुखपहेलिएको आवाज,
युगको आफ्नै छिंडीको चिसो भुइँतलामा
युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज,
बन्दीघरमाथुनिएका तर नसुनिएका घरभरिको पातलो आवाज,
द्वन्द्व र सङ्घर्षको पहिरोमा परेर बगी
आफैँबीच चेप्टिएर पुरिएको आवाजहीनशून्यआवाज,
अनियन्त्रित राजनीतिक भ्रष्टाचारको मेदभावयुक्त बाढीमा बगेर
यत्रतत्र खण्ड खण्ड छरिएर टुक्रिएका मौन आवाज,
भोकमरि र सङ्क्रात्मक रोगको भुइँचालोले थिलथिल्याएको
कहिल्यै नसुनिएको भूमिगत कोलाहलको आवाजहीनआवाज
चुरा फुटेर सिन्दूर पुछिएको सेतो लुगाको रङ्गीनआवाज
अपहरण, बलात्कार र हत्याको मलिलो माटोमाउग्रिएको
भूमिगत पीडाको बाक्लो भित्रभित्रै चर्किएको
पोल्ने एकान्तबाट निसृतःजलिरहेको आवाज,
संवेदनारहितशक्ति र सत्तामा केन्द्रितविभाजितदलगतस्वार्थ हो
पुरेको मान्छे मात्रको नसुनिने दबाइएको सेतीको दबेको आवाज,
सबै चेतनाको उज्यालो भरेङ चढेर
तला, बार्दली र कौशीमाक्रमशःउक्लिरहेका,
र निस्किरहेका छन् –हूलहूलमा घाम ताप्न
बन्दीगृहको युद्ध मोर्चामामात्र सीमित छैनन् ती,
हरेक घरका मूलढोकाबाट खियालागेको
फलामे गजबार तोडेर सडकमा ओर्लेका छन् ती
सानो–ठूलो बाटो हँुदै निस्केका तीआवाजहीनआवाजहरूको नदी
एउटा बाढी भएर मूलसडकमाअनियन्त्रित रूपले बगेका छन्
र आवाजहरूको उर्लंदो जुलुस भएर उर्लेका छन्
समूह–समूहमा बाँडिएर बेलाबखतती
असन, इन्द्रचोक, भोटाहिटी र रत्नपार्कमा कोणसभा गरिरहेछन्
साँझ ओर्लंन नपाउँदै फेरि नयाँसडकमा मसालजुलुस पनिनिकालिरहेछन्
समावेश हुननसकेको तर आक्रोशितकहिल्यै नसुनिएको
मैदानबाट उठेको भुइँकुइरोको हूल
यहीनदीको ओछ्यान र बगरबाट माथि पहाडमा उठेको छ
सडकमाआएको अप्रत्यासित तर योजनाबद्ध दमित
आवाजहरूको यो बाढीले पैदल हिँड्ने दुबै किनार ढाकेर
नाङ्ले पसलदेखि ठूला डिपार्टमेन्टल पसलसम्म
साना–साना घरदेखि गगनचुम्बी ठूला दरवारसम्म भेटिसकेका छन्
तीचर्किसकेका छन्, भत्की, लडिसकेका छन्
तर हूल–हूलमा बाँडिएर सडकमाकुद्ने यीआवाजकाभुइँकुइरोहरू
आकाशको अज्ञात कुनदिशातिर घुँडामाथि उडिरहेछन्
ध्यानमग्नभई फेरि पनिआफ्नो कोठामा म सोचिरहेछु–
एकता, स्थिरता र मेलमिलापको विषयमा,
सहमति, शान्ति र संविधानको विषयमा
यसरी सोच्दा–सोच्दै आफ्नै आवाजपनिफुत्तनिस्केर
आवाजहरूकै बाढीमा मिसिएर बगेको देखिरहेछु
र स्वयम् म पनिआवाजहीनआवाजभएर बगिरहेछु ।
तुलसीदिवस