काठमाडौं ।
साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको छ । शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो । पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपाने लगायतले पुस्तक सार्वजनिक गरेका हुन् । ब्रह्मास्त्र पुस्तकबाट कथा मथिगंलको शिल्पी थियटरका कलाकारले नाटक पनि प्रस्तुत गरेका थिए । पुस्तक सार्वजनिक पश्चात् पुस्तकको अन्तरक्रिया पनि भएको थियो । जसमा लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफल गरेका थिए ।
अन्तरक्रिया बोल्दै लेखक अधिकारीले फरक फरक विषयमा कथाहरू लेखेको बताए । नेपाली कथा लेखनमा गुरुप्रसाद मैनालीको प्रवृतिभन्दा फरक तरिकाले कथाहरू लेखेको उनको दाबी थियो । ‘म कथा लेखनको माध्यम मात्र हुँ, कथानकहरू सबै पात्र र परिवेशले अगाडि बढाएका छन्’, अन्तक्र्रियामा उनले भने, ‘मैले केही काल्पनिक, मनोवैज्ञानिक कथाहरू पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु ।’ यस अघी साहित्यकार अधिकारीको निर्वेद उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भइसकेका छन् ।
पुस्तकलाई शिखाबुक्सले बजारमा ल्याएको हो भने मुल्य ४ सय ५० रहेको छ ।