• २०८१ असार ११ सोमबार

३ नारी स्रष्टालाई पुरस्कार घोषणा

मोहनबहादुर मल्ल स्मृति समिति ३ नारी स्रष्टालाई पुरस्कृत गर्ने घोषणा गरिएको छ । पर्वतका साहित्यकार मोहनबहादुर मल्लको ११२औँ जयन्तीका अवसरमा मोहनबहादुर मल्ल स्मृति समिति पर्वतले ३ नारी स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । पर्वत मल्लाजमा जन्मी हुर्की हाल मल्लाज बाहिर रहेकी उषा आचार्य (ढकाल), रेणुका जिसि, गङ्गा आचार्य (सापकोटा)लाई संयुक्त रुपमा मोहनबहादुर मल्ल पुरस्कार २०७९, प्रदान गरिने भएको हो ।

मोहनबहादुर मल्ल स्मृति समिति पर्वतका अध्यक्ष, संरक्षक दिपमल्ल, संरक्षक काजी रोशन, संरक्षक प्रकाशबहादुर मल्लको उपस्थितिमा धवलागिरी साहित्य प्रतिष्ठानमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले मोहनबहादुर मल्लको सालिकलाई साहित्यिक गन्तव्यको रुपमा विकसित गर्ने समेत निर्णय गरेको छ । पुरस्कार समारोह मिति २०७९ माघ २३ गते पर्वतमा गरिने कुरा पनि प्रकाशमा आएको छ । हाल उषा आचार्य (ढकाल) र गङ्गा आचार्य (सापकोटा) काठमाडौँमा अनि रेणुका जि.सि रौतहटमा छन् ।