• २०८१ श्रावाण ११ शुक्रबार

नयाँवर्षको शुभकामना

बिकाश दुलाल

बिकाश दुलाल

आज यो धर्ती नौलो नौलो लाग्छ
यो विश्व ब्रह्माण्डनै सुनौलो लाग्छ
प्रकृतिमा चारैतिर नवीनता छायो
नौलो सन्देश बोकेर नयाँ साल आयो ।।

डालिहरूमा ढकमक्क फूलफूलेका
त्यही माथि भमरा छन् झुलेका
पूर्वबाट मन्द मन्द समीर चल्छ ।
झरझर गरी हिमालबाट झर्न झर्छ ।।

सुनौलो किरण छर्दै सुर्य झुल्किँदैछ
पातमाथी शीत मोतिसरि टल्किँदैछ
नयाँ सालका दिनहरु आउँदैछन्
झुल्के घामका ज्योतिसँगै रमाउँनेछन ।।

तलाउको निर्मल पानीले प्यास मेटाउँदैँ
पौडी खेल्छन हाँसहरू खुसी मनाउँदैँ
कति शीतल छ त्यो वृक्षको छहारी
नृत्य गर्छन् मयुरहरू प्वाँख फिँजारी ।।

शरदले चिसो यो याम मनाउँदैछ
शुभ सन्देश नयाँ साल ले दिँदैछ
धरतिसँगै सुनौलो प्रकृति रमाओस्
नयाँवर्षले विश्व शान्ति फैलाओस् ।।


✍️बिकाश दुलाल, विश्वनाथ, असम, भारत ।


भोजन

बागमती