• २०८० असोज ९ मङ्गलबार

‘पद्मा–श्यामगोतामे स्रष्टा सम्मान’व्यङ्ग्यकार रामकुमार पाँडेलाई

काठमाडौं ।

नेपाल स्रष्टा समाजले मूर्धन्य हास्य व्यङ्ग्यकार श्याम गोतामेको स्मृतिमा स्थापित सम्मान ‘पद्मा–श्याम गोतामे स्रष्टा सम्मान’ पहिलो पटक हास्यव्यङ्ग्यकार पाँडेलाई प्रदान गरेको छ । सम्मानित व्यक्तित्वलाई सम्मानका साथ २१ हजार नगद राशि पनि प्रदान गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्मानका संस्थापक, प्रमुख अतिथि गोतामे पत्नी पद्मा गौतमले सम्मानपत्र र नगद राशि प्रदान गरिन् ।कार्यक्रममा व्यंग्यकार पाँडेले श्याम गोतामेसँगको संगतबारे चर्चा गर्दै आफ्नो लेखनीका विषयमा बताए । पाँडेले गोतामे शुद्ध मनका खरो व्यक्तित्व भएको उल्लेख गर्दै उनको भाषामा पकड रहेको बताए ।

साहित्यकार शैलेन्द्र साकारले व्यङग्यशिल्पी गोतामेसँग आफ्नो सम्बन्धको चर्चा गर्दै पाँडेलाई सम्मान सही छनोट भएको बताए । कार्यक्रममा साहित्यकारहरू अशेष मल्ल, विधान आचार्य, राधेश्याम लेकाली, धीरेन्द्र प्रेमर्षि, श्रीओम रोदन, देविका तिमिल्सिना र गोतामे पुत्री निरा गौतमले बोलेका थिए ।


भानुभक्तको आदिकवित्व सङ्क्षिप्त चर्चा

आमा नभएको वेला

पाँचभूल !