• २०८१ बैशाख १४ शुक्रबार

आमाभन्नुहुन्थ्यो !

धनराजगिरी

धनराजगिरी

आफ्ना सन्तानप्रति चिन्तित हुनु र उनीहरूको आगत सुन्दर होस् भनेर कामना गर्नु हरेक अभिभावकको कर्तव्य हो । झन्आमा, कुरै अर्कोतिर हाम्री आमा कडा र निराशावादी बढी, जब यो घनटाउके भनेर चेलाचेलीहरू घरभरि पढ्न आए, जब दाजी गोविन्दराज भट्टराईज्यू जस्ता मेघा व्यक्तित्व घरमा आउनुभयो, जब दोसल्लाहरू आए, अनि आमाबोल्नु भयो, यो घन टाउके, कस्तो झुल्के घाममा जन्मेको थियो ,यस्तो औतारी हुन पो रहेछ । बुहारीपनि लछिनकी।यिनी आएपछि घरको अनुहार उज्यालो भयो ।नत्र आमाको चिन्ता, म मरेपछि कसरी गरी खाने होला ? पहिले आफ्नो सन्तानमाथि भरोसा थिएन । पिताश्री त देवता हुनुहुन्थ्यो । बियर न पिउने र तास न खेल्ने हो भने, चाइन्जो केरे, मेरो छोरो ईश्वर नै हो ! पिताश्रीको मनको पूकार । अब मातापिता इतिहास हुनुभयो, मनभित्र मात्र ! उहाँहरू नभएर पनि हुनुहुन्छ । सपनामा जहिले पनि आउनुहुन्छ । अब आयो हाम्रो पालो, अनिता, कविता र आरजू । चिन्ता त लाग्ने नै भयो । तर हामी ढुक्क ।तीनपटक अष्ट्रेलिया पुगेर आइयो, यो के कम हो ? बुहारी नै लक्ष्मी, केको चिन्ता ? अब राजनीति, यी बूढा गोरुहरूले नयाँ बहरहरूलाई न पत्याउने ! मैले ६५ माथिका सबैलाई बढार्न भनेको अभिधा मा होइन । नयाँ पुस्ता आउनै पर्छ । अब बिल्कुल नयाँ अनुहार हेर्न मन छ, प्रधानमन्त्रीको रूपमा । समयको गति निराला, हामी, छापे जडसूत्रवादीहरू, पूरानै राग अलापेर उही गीत र गजल गाएर आफ्नै आत्मरतिमा मख्ख । भोलि अझ चर्को स्वरमा घण्टी बज्ने छ । नायक, अनिलकपूर, घण्टी र रवि लामिछाने, बालेन, हर्क, गोपाल, हरि ढकाल युग आएछ भने नौलो नमाने हुन्छ । देश कसैको बाउको विर्ता होइन । जनता कुनै आस्थाको दास हुन्न । होशियार दले हो, पन्चायत पनि त मोतीराम भट्ट भएर जन्मिएको हो ! हरेक कुरा जन्मेपछि मर्छ ।


धनराज गिरी