• २०८१ चैत १ शनिवार

नाम-बदनाम

श्रवणकुमार ढुंगाना

श्रवणकुमार ढुंगाना

यता
पापको थुप्रो लुकाइदिएर देउथानमा
विख्यातिको भिंडमाझ
बेफूर्सदिलो छ ईश्वर ।
भर्खर पापको घडा खन्याएर गएको भक्त
फेरि, भरिएर पाप
पखाल्न आउने बेला भैसक्यो ।
उता
कठै ! नियति
यहि देखेर
विरक्तिएको ईश्वरको सत्यरूप
बजारमा

नास्तिक कहलिएर बदनामपनि छ ।
नछाडेर अधर्मी आस्तिकहरूले
उसैलाई
कूँदेर ढुङ्गामा
पाप चढाउने अचानो बनाएको
उसको उही ईश्वरनाम पनि छ ।


श्रवणकुमार ढुंगाना