कविता

स्पष्ट दृष्य
एकदम प्रष्ट
कहिले- काहिँ
सपनाहरूसँग हुन्छ- मुठभेड ।
जिज्ञासु मेरो मन
उसको पछाडि
केही पर उभिएर
विस्तृत धुमिल- खोज गर्नेगर्छ ।
ति प्रश्नहरू
जसको उत्तर पाइएन
तिनीहरूलाई सधैँका लागि चूप गराइदेऊ
ताकी उनीहरू
फेरी टाउको उचाल्न नसकुन् ।
अनुवाद्ः राजेन्द्र शलभ