वसन्तवेला
								
							दौड प्रतिश्पर्धामा
आयातित नशाले मदमत्त भएर
सीमापारीका स्वर्णिम/दानाहरू हसुर्दै
लगाम छिनेका घोडामा सवार
घोडचडीहरू
दूबाहरू रगड्दै
हिनहिनाउँदै बुर्कुच्ची मार्दैछन् ।
होशियार !
तीखा कोर्राहरू खै कता छन् ?
कात्यायन, चाबहिल, काठमाडौं