कविता

रोएको छु म पनि किताब पढेर
तर अहिले सम्झना छैन त्यो कुन थियो
सायद त्यो कुनै वृतान्त थियो
पात्र जसका थिए अनेक
चारैतिरबाट भुनभुनाउँदै आउँथे
पढ्थेँ र रोइरहन्थेँ म
क्षणभरमा अनायास चिनेँ
पढ्ने कोही अरू नै हुँ
रुनु कोही अरू नै हुँ
दुवै जोडिए किताबपढ्नुसँग
अनि रुनु मेरो व्यक्तिको
तर मैले जे पढे थेँ
त्यसले रोएको थिइनँ
पढाइले त मलाई रुने शक्ति दियो
दुःख त मैले पाएको थिएँ किताब बाहिरको जीवनबाट
पढ्दै जान्थेँ र रुँदै जान्थेँ म
जे पढ्छु त्यसमा म रुँदिनँ
किताब बाहिरको जीवनबाट पाउँछु
रुने कारण म
तर किताबले रुन सम्भव बनाउँछ ।
अनुवाद: रमण घिमिरे