मुक्तक

प्रिय, विश्वास अमरप्रेममा सगुन सम्झनु
समझदारी हामी दुवैको कानुन सम्झनु
फुलेर झर्नु उक्सिएर फुट्नु प्राकृत नलागे
क्षणभर झरेका फूल फुटेका बेलुन सम्झनु
बहुमूल्य भन्दैमा कठोर हुनु जरुरी छैन
कसी लगाउने भए अकबरी सुन सम्झनु
जिन्दगी पग्लिदै सकिदै गइरहेको हुन्छ
यसलाई तिमीले एउटा साबुन सम्झनु
मलाई तिमीसँग, फगत तिमीसँग प्रेम छ
तिम्रा आँखा हुँदाहुँदै किन जुन सम्झनु |
युवराज भण्डारी
[email protected]