कविता

काठमाडौँ ।
बौद्ध साहित्यका दुई कृति ‘बौद्ध कथा’ र ‘मञ्जुश्रीको नेपालयात्रा’ को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रम बीच दुई बौद्ध कृति सार्वजनिक गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रकाशित गरेको ‘बौद्ध कथा’मा २५ कथा समावेश गरिएका छन् ।
विश्वविद्यालयको बौद्ध अध्ययन संकायले बौद्ध कथा साहित्य प्रतियोगिताको आयोजना गरेर त्यसबाट उत्कृष्ट मानिएका कथा यस पुस्तकमा समावेश गरिएका छन् । बौद्ध वाङ्मयमा कथा साहित्यको विशिष्ट स्थान रहेको छ । विश्वविद्यालयले नेपालीभाषामा बौद्ध साहित्य विकासकै लागि प्रतियोगिता आयोजना गरेर त्यसको संग्रह निकालेको हो ।
यसमा प्रतियोगितामा पहिलो भएको तारानिधि भट्टराईको ‘सहअस्तित्व’, दोस्रो भएको अर्चना शाक्यको ‘प्रतिविम्ब’ र तेस्रो भएको जनक कार्कीको द्वादश निदान समावेश छन् । लुम्बिनी सम्यक फाउन्डेसनले प्रकाशन गरेको ‘मञ्जुश्रीको नेपालयात्रा’ को पटकथा भने विश्वविद्यालयकै डिन मानिकरत्न शाक्यले लेखेका हुन् ।
काठमाडौं उपत्यकामहामञ्जुश्रीको दर्शनबाट प्रभावित मानिन्छ । मञ्जुश्रीले नै काठमाडौं उपत्यकाकालाई बस्तीयोग्य बनाएको विश्वास गरिन्छ । तिनै मञ्जुश्रीलाई केन्द्रमा राखेर पटकथा प्रस्तुत गरिएको हो । कार्यक्रमका अवसरमा डिन शाक्यले नेपालीभाषामा बौद्ध साहित्यको अभिवृद्धिका लागि विश्वविद्यालय भविष्यमा अझ सक्रिय रहने कार्यक्रम रहेको बताएका थिए ।