• २०८१ माघ १० बिहीबार

सल्लाह

क्लो दुरी बेज्जोला

क्लो दुरी बेज्जोला

घुम्न देऊ पृथ्वीलाई
हावाका गुलाफहरूसँग
अँगालो मार्न देऊ बादललाई
सूर्यको उज्यालो
हिमनदीहरूलाई खुम्च्याउन देऊ
आफ्नो निधार ।

जबसम्म तिम्रै हातले
घाँस चर्छन् तिम्रा बाख्राहरू
सेनासँग
सवाल- जवाफ नगर्नू
चाहे तिनीहरूले तिम्रा आँखा फुटाउन्
या तिम्रा तिघ्राहरूको वीचमा
अड्याउन् बन्दुक ।

उनीहरूको बन्दुक-संसारलाई
पढ्नु कतै भित्तामा लेखिएको
कुनै धर्मग्रन्थजस्तो
आकाशमा बनेको कुनै चित्रजस्तो
परेवाका पखेटाहरूको गीतजस्तो ।

अनुवाद: राजेन्द्र शलभ